

धादिङ । सिद्धलेक गाउँपालिका-२ नलाङस्थित खिर्रेभञ्याङमा सम्पन्न “स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा नुवाकोटको दुप्चेश्वर गाउँपालिका प्रथम भएको छ ।
आज मंगलबार नलाङ पात्ले माविको खेल मैदानमा भएको फाईनल खेलमा गोरखाको घले हार्वेस्टिङलाई ३-० को सोझो सेटमा पराजित गर्दै दुप्चेश्वर गाउँपालिका प्रथम भएको हो ।
यो सँगै प्रतियोगितामा प्रथम भएको दुप्चेश्वरले नगद १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको गोरखाको घले हार्वेस्टिङले नगद ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
दोस्रो स्थान हासिल गर्न सफल गोरखाको घले हार्वेस्टिङ टिम

यस्तै तेस्रो भएको सिद्धलेक गाउँपालिकाले नगद ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । तेस्रो स्थानको लागि भएको खेलमा सिद्धलेक गाउँपालिकाले पन्चकन्या गाउँपालिका नुवाकोटलाई ३-१ को सेटमा पराजित गरेको थियो ।
तेस्रो भएको सिद्धलेक गाउँपालिका टिम

सोमबार सेमिफाईनल खेलमा पन्चकन्या गाउँपालिका नुवाकोटलाई २-१ को सेटमा पराजित गर्दै घले हार्वेस्टिङ गोरखा फाईनल प्रवेश गरेको थियो भने धादिङको सिद्धलेक गाउँपालिकालाई २-१ को सेटमा पराजित गर्दै नुवाकोटको दुप्चेश्वर गाउँपालिका फाईनल प्रवेश गरेको थियो ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट खेलाडी दुप्चेश्वरका राजिव कँडेल, उत्कृष्ट स्पाइकर सिद्धलेकका अमर थापा मगर, उत्कृष्ट सेटर दुप्चेश्वरका मिन बहादुर तामाङ, उत्कृष्ट सर्भर दुप्चेश्वरका पुस्कल थापा, उत्कृष्ट डिफेन्डर घले हार्वेस्टिङका सुरेश बराम र उत्कृष्ट कोच दुप्चेश्वरका विक्रम थापा घोषित भएको जिल्ला भलिबल संघ धादिङका अध्यक्ष एवं नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङ (तिलक) ले बागमती कलमलाई जानकारी दिनुभयो ।
उनिहरुले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्याल, नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, सिद्धलेकका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, वडा नं १ का वडाध्यक्ष पेमा लामा, वडा नं २ का वडाध्यक्ष शम्भु गुरुङ, वडा नं ३ का वडाध्यक्ष देव पुलामी, वडा नं ७ का वडाध्यक्ष सानो गिरी,तमु युवा समाजका अध्यक्ष दिपक गुरुङ, प्रतियोगिताका संयोजक सुन्दर गुरुङ लगाएतले पुरस्कार वितरण गरेका थिए ।
तमु युवा समाज सिद्धलेक-२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा १७ गतेदेखी सुरु भएको प्रतियोगितामा धादिङ, गोरखा, नुवाकोट र रसुवाका गरी १४ टिम सहभागी थिए ।
प्रतियोगितामा धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ को सहयोग रहेको थियो ।
तमु युवा समाजले हरेक बर्ष नेपालीहरुको महान चाड दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।गत बर्ष देखी भने स्व.लोक बहादुर गुरुङ स्मृती कप सुरु गरेको हो ।
तमु युवा समाजका सल्लाहकार, तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद सिद्धलेकका पूर्वअध्यक्ष एवम नलाङ पात्ले माविका पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा नलाङको साविक वडा नं ४ का वडा अध्यक्ष समेत रहनुभएका लोक बहादुर गुरुङको सवारी दुर्घटनामा परी निधन भएको थियो ।
उहाँको सम्झनामा स्मृती कपलाई निरन्तरता दिईएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको आजका सम्पूर्ण कार्यक्रमका तस्विरहरु हेर्नको लागि तलको चार लिंक क्लिक गर्नुहोस्
https://www.facebook.com/share/p/1BSdwhxjDB/
https://www.facebook.com/share/p/1EF28Ammay/
https://www.facebook.com/share/p/178hN2VpAv/
https://www.facebook.com/share/p/1As6ryrp1v/
आजको सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशारणको भिडियो हेर्नको लागि तलको लिंक खोलेर स्क्रोल गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |