

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा भियतनामसँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे भियतनाममा सुरु हुनेछ।
यसअघि लाओस र मलेसियासाग पराजित भएको नेपालका लागि यो खेल पुनरागमनको अवसर हुनेछ।
घरेलु रंगशाला नहुँदा होम एन्ड अवेका दुवै खेल भियतनाममा खेल्न लागेको नेपाल जितविहीन यात्राको अन्त्यसमेत गर्ने योजनामा छ। नेपाली फुटबल टिम एएफसी एसियन कपको छनोट खेल्न तयार छ।
प्रशिक्षक म्याट रसले बंगलादेशसाग खेलेको टिममा ६ परिवर्तन गरेका छन, यसअघि अन्डर २३ टिममा रहेका खेलाडीसमेत सिनियर टिममा फर्किएपछि नेपाली टिम राम्रो तयारी गरेर भियतनाम गएको हो।
पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा लाओससँग २–१ को हार ब्यहोरेको थियो।लगातार दुई हारपछि नेपाल समूहको पुछारमा छ।
साथै नेपालको फिफा वरीयतामा पनि स्थान खस्किएको छ। अर्कोतिर, एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय रंगशालाको मान्यता दिन अस्वीकार गरेपछि घरेलु रंगशालामा खेल्नुपर्ने खेल विदेशी भूमिमा खेल्नुपर्ने बाध्यता पनि छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |