

काठमाडौं । नेपालबाट यस वर्षको मनसुन पूर्णरुपमा बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज असोज २४ गतेका दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको हो ।
असोज २० गते अर्थात अक्टोबर ६ तारिखका दिनदेखि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू-भागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू(भागका थोरै स्थानहरूबाट यस वर्ष मनसुन बाहिरिन शुरु भएको थियो।
आज भने नेपालको सम्पूर्ण भूभागबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख जेठ १६ गते मनसुन नेपाल भित्रिएको थियो ।
सरदर मितिभन्दा आठ दिन ढिलो गरी अक्टुबर १० तारिख असोज २४ गते मनसुन बाहिरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |