

धादिङ । गल्छी गाउँपालिका–२ स्थित रक्तवच्छला आधारभूत विद्यालयका शिक्षकको सरुवाको विरोधमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
गाउँपालिकाका पूर्व अध्यक्ष कृष्णहरी श्रेष्ठसहित माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का स्थानीय नेताहरू र केही शिक्षकहरूले गाउँपालिका कार्यालयमा ताला लगाएका हुन् ।
प्राथमिक तहका शिक्षक रुपक खतिवडा गणित विषय अध्यायन गरेका र योग्यता भएका शिक्षक भएकोले जनकल्याण माविमा लामो समयदेखि शिक्षक नभएका कारण गाउँपालिका शिक्षा ऐन अनुसार सरुवा गरिएको थियो ।
शिक्षक सरुवाभएपछि रक्तबच्छला आविबाट दरबन्दी सहित शिक्षक सरुवा गरिएको भन्दै विरोध जनाउँदै आएका केही शिक्षक र नेकपा समाजवादीका नेताहरु वर्तमान अवस्थामा गाउँपालिकाले समस्या समाधान गर्ने बताएपनि तालाबन्दी नै गर्न पुगेका हुन्।
रक्तबच्छला आविमा यसअघि गणित पढाएका र योग्यता समेत भएका एकजना शिक्षक भएकोले पालिकाभित्र शिक्षक सरुवा गर्न र व्यवस्थापन गर्न सक्ने कानूनी व्यवस्था भएकोले वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र शिक्षा शाखाको सहमति र छलफल पछि शिक्षक व्यवस्थापन अन्तरगत शिक्षक सरुवा गरिएको र रक्त बच्छलाका अर्को एकजना शिक्षक व्यवस्थापन गर्ने विषयमा पालिका शिक्षा शाखामा छलफल भइरहेको गाउँपालिका अध्यक्ष केदार खतिवडाले बताउनुभएको छ ।
समस्या छलफलबाट समाधान गर्ने सहमति भइसकेको र केही दिनमै निष्कर्षमा पुग्ने प्रतिबद्धता व्यक्त गरिए पनि नेताहरूको निर्देशनमा हतारमा तालाबन्दी गरिएको उपाध्यक्ष भाइकाजी तिवारीले बताउनुभयो ।
गाउँपालिकाले समस्या समाधानका लागि प्रयास भइरहेको र वार्ता मार्फत चाँडै समाधान निकाल्ने तयारी भइरहेको जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |