

काठमाण्डौ । नेपाल तेस्रो पटक आईसीसी टी(२० विश्वकपमा छनोट भएको छ ।
आईसीसी टी–२० विश्वकप एशिया छनोट तथा इस्ट प्यासिफिक छनोटको सुपर–सिक्समा आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सामोआलाई हराएसँगै नेपाल शीर्ष ३ मा पर्ने पक्का भएर विश्वकपमा छनोट भएको हो ।
नेपाल यसअघि सन् २०१४ र २०२४ को विश्वकपमा छनोट भएको थियो ।
नेपालसँगै घरेलु टोली ओमान पनि विश्वकपमा छनोट भएको छ । नेपाल र ओमान दुवै टोली आफ्नो २ खेलअघि नै विश्वकपमा छनोट भएका हुन् । अब एउटा टोली छनोट हुन बाँकी छ ।
सुपर–सिक्समा नेपाल र ओमानको समान ६ अङ्क छ । नेट रन रेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।
तस्वीर : क्यान





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |