

काठमाण्डौ । आज तिहार अन्तर्गत कुनै कर्म नरहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विशेषगरी यमपञ्चक पाँच दिनको हुने भए पनि यस वर्ष तिथिको घटबढले एक दिन बढेर छ दिन भएको छ ।
जस अनुसार गएको एक गते शनिवार त्रयोदशी तिथिमा धनतेरस पर्व मनाइएको छ । तर त्रयोदशी तिथिमै गरिने कागपूजा भने आइतवार गरियो । त्यसैगरी हिजो सोमवार बिहान कुकुर तिहार र बेलुका लक्ष्मीपूजा गरिएको छ । परम्परा अनुसार कतै कतै औँसीमा गाईको पूजा गर्ने चलन समेत छ ।
शास्त्रीय रूपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
त्यसअनुसार आज मङ्गलवार यमपञ्चक अर्थात् तिहारको मध्य समय परे पनि शास्त्रले तोके अनुसार कुनै कर्म नपरेको उहाँको भनाइ छ । यसवर्ष गाईगोरु एवम् गोवर्द्धन पूजा भोलि बुधवार परेको छ ।
आत्म पूजा र नेपाल संवत्को आरम्भ पनि यसै दिन परेको समितिले जनाएको छ । पर्सि कात्तिक ६ गते बिहीवार भाइटीका र किजापूजा मनाइनेछ ।
भाइटीकाको शुभ साइत ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले यसअघि नै जानकारी गराएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |