

गुड्दै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ। रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक पूर्व–पश्चिम लोकमार्गमा बुधबार बिहान यात्रुवाहक बसमा आगलागी भएको हो।
काठमाडौंबाट चपुरतर्फ आउँदै गरेको बागमती प्रदेश–२–०३–००१ ख ५५५५ नम्बरको दरवार एअर बसमा बिहान करिब साढे ७ बजे अचानक ब्याट्रीको तार सर्ट भएर आगो लागेको प्रहरीले जनाएको छ।
स्थानीयवासी, प्रहरी र बारुण यन्त्रको सहयोगमा आगो करिब साढे ८ बजे नियन्त्रणमा ल्याइएको थियो।
आगोले बस पूर्णरुपमा जलेर नष्ट भएको र करिब ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान रहेको छ। घटनामा कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। तस्विर:सामाजिक सञ्जाल





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |