

काठमाण्डौ । गत असोज महिनामा देशभर तीन हजार ९४७ वटा गाडी दुर्घटना हुँदा २४७ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक सय ७७ पुरुष, ५८ महिला, नौ बालक र तीन जना बालिका रहेको नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । दुर्घटनामा परी ८४८ जना गम्भीर घाइते भएका छन् ।
यस्तै ४३७ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
असोजमा सबैभन्दा धेरै दुई हजार चार सय ६७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी पाँच सय ५५, बस एक सय २५, टेम्पो तीन सय २५ वटा दुर्घटनामा परेका छन् ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका प्रहरीको तथ्याङ्क छ ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, अनावश्यक ओभरटेक, जाँड–रक्सी खाएर चलाउनु लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |