

धादिङ । नेकपा एमाले धादिङले नेकपा समाजवादी पार्टी छोडेर एमालेमै फर्कन चाहनेहरूलाई स्वागत गर्ने निर्णय गरेको छ ।
नेकपा समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने निर्णय गरेपछि एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले समाजवादी पार्टीका नेताहरूलाई एमालेमै फर्कन आव्हान गरेका छन् ।
हिजो पार्टी निर्माणमा योगदान गरेका नेताहरूलाई सम्मानका साथ जिम्मेवारी दिने प्रतिवद्धता एमालेले गरेकाे छ ।
नेकपा एमाले धादिङका केन्द्रीय सदस्य खेम लोहनीकाे प्रमुख आतिथ्यमा मंगलबार भएकाे एमाले सचिवालय बैठकले समाजवादी पार्टीका नेताहरूलाई एमालेमै फर्कन र जिम्मेवारी पूर्वक काम गर्न एमालेले आग्रह गरेकाे छ ।
यसैबिच नेकपा एमाले धादिङको सचिवालय बैठकले पनि महाधिवेशनको तयारीका लागि छलफल गरेको छ ।
बैठकले महाधिवेशनको कार्यतालिका, प्रतिनिधि चयनको आधार लगायतका विषयमा निर्णय लिने जनाइएको छ ।
बैठकले धुवाकाेटका अब्जनाथ सापकोटा र चैनपुरका हेमराज छत्कुलीलाई जिल्ला कमिटीमा मनाेनित गरेकाे छ।
बैठकले महत्त्वपूर्ण निर्णय गर्दै कात्तिक २२ गते जिल्लाकाे १ सय ४ वडामा बैठक भेलाहरू सम्पन्न गर्ने, २५ गते जिल्लाका १३ पालिकामा जनसभा गर्ने, २९ गते जिल्ला सदरमुकाममा भब्य जनप्रदर्शन गर्ने निर्णय गरेकाे नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |