

काठमाण्डौ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।
आज काठमाण्डौको भृकटीमण्डपमा आयोजित एकता सम्मेलनले नवगठित पार्टीको नामसहित विवरण पारित गरेको हो ।
सम्मेलनले पारित गरेको ९ बुँदे प्रस्तावमा पार्टीको नाम, चुनाव चिह्नलगायतका विवरण छन् । पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद रहेको छ ।
चुनाव चिह्न ‘पाँचकुने तारा’ रहेको छ । एकतामा आएका सबै दलका सदस्य नेपाली कम्युनिस्ट पार्टीका सदस्य कायम हुनेछन् ।
नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चुनिनुभएको छ ।
नेता महिन्द्रराय यादवले प्रस्ताव गरेपछि सभाले अनुमोदन गरेको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |