

काठमाणडौ । श्रीलङ्कामा भइरहेको काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपमा आज सेमिफाइनलका खेलहरु हुँदैछन् । पहिलो सेमिफाइनलमा नेपाली समयअनुसार दिउँसो २ बजे श्रीलङ्का र कीर्गिस्तानसँग खेल्दैछ ।
यस्तै दोश्रो खेलमा दिउँसो साढे ४ बजे नेपाल र माल्दिभ्ससँग खेल्दैछ । राउन्ड रोबिन लिगपछि अङ्क तालिकाको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुन लागेको हो ।
नेपालले पहिलो खेलमा कीर्गिस्तानसँग हारेको थियो ।
दोश्रो खेलमा श्रीलङ्कालाई र तेश्रो खेलमा माल्दिभ्सलाई हराएको हो । तीन खेलमा दुई जीतसहित नेपाल शीर्ष स्थानमा छ । यसैगरी अङ्क तालिकामा श्रीलङ्का दोश्रो, कीर्गिस्तान तेश्रो र माल्दिभ्स चौथो स्थानमा छ ।
प्रतियोगितामा चार वटा टोलीको सहभागिता छ । फाइनल खेल र तेस्रो स्थानका लागि भोलि प्रतिस्पर्धा हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |