

धादिङ । नेकपा एमाले धादिङले भोली (कात्तिक २५ गते) जिल्लाभर जनप्रदर्शन आयोजना गर्ने भएको छ।
जिल्लाको १३ वटै पालिकाहरुमा बृहत जनप्रदर्शन सहित छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।
जेन-जी आन्दोलनपछि देशभर फैलिदै गएको अराजकता र विध्वंस विरुद्ध खबरदारी गर्न र अपराधिहरूलाई दण्डित गर्न माग गर्दै जनप्रदर्शनको आयोजना गरिएको एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले जानकारी दिनुभयो ।
मुलुकमा प्राप्त उपलब्धिहरूको रक्षा र संविधानअनुसार संसद पुनःस्थापनाका लागि पनि प्रदर्शन महत्वपूर्ण रहेको उहाले बताउनुभयो।
लोकतन्त्रको जगेर्ना, संविधानको रक्षा र संसद पुनःस्थापनाको दबाव सिर्जना गर्ने उद्देश्यले धादिङका १३ वटै पालिकाका कमिटीहरूले जनप्रदर्शनसहित छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेको एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
आफ्नो पालिकामा हुने कार्यक्रमहरु भव्य बनाउन नेकपा एमालेका नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई सहभागिताको लागि एमालेले आव्हान गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |