

धादिङ। नेकपा एमाले धादिङले धादिङको १३ वटै पालिकामा बृहत जनप्रदर्शनसहित कोण सभा आयोजना गरेको छ।
जेन्जी आन्दोलनपछि उत्पन्न अराजकता विरुद्ध र लोकतन्त्रको जगेर्ना संविधानको रक्षा र संसद पुनस्र्थापनाका लागि र्याली गरिएको एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।
जेन्जी आन्दोलनपछि समाजमा अराजगता फैलिएको र राजनीतिक स्थायित्व र सुशासनको सन्देश दिन र संसद्को पुनस्र्थापनाको दबाबका लागि जिल्लाभर कोणसभा गरिएको उहाँको भनाइ थियो।
नीलकण्ठ नगर कमिटीले ससाहदेखि धादिङबेसी बजार मोटरसाइकल र्याली परिक्रमा गरी एमाले चोकमा कोणसभा गरेको थियो।
धुनिबेसी नगर कमिटीले खानीखोला बजार परिक्रमा गरी कोण सभा गरेको थियो भने थाक्रे गाउँपालिका कमिटीले महादेवबेसीमा र्याली सहित कोण सभा, गल्छी गाउँपालिका कमिटीले गल्छीमा कार्यकर्ता भेला, गजुरी गाउँपालिका कमिटीले र्याली सहित कोणसभा, बेनीघाट रोराङ गाउँपालिका कमिटीले मलेखुदेखि मौवा खोलासम्म मोटरसाइकल र्याली गरी कोण सभा गरेको थियो।
त्यसैगरी सिद्धलेक गाउँपालिका कमिटीले परेवाटारदेखि कालीदहसम्म मोटरसाइकल र्याली सहित बैरेनीमा कोण सभा, ज्वालामुखी गाउँपालिका कमिटीले साँधभन्ज्याङमा कोण सभा, नेत्रावती डबजोङ गाउँपालिका कमिटीले र्याली सहित हिरक पार्कमा कोणसभा, त्रिपुरासुन्दरी गाउँपालिका कमिटीले शीतल बजारमा कार्यकर्ता भेलासहित कोणसभा, गङ्गाजमुना गाउँपालिका कमिटीले फुलखर्कमा कोणसभा, खनियाबास गाउँपालिका कमिटीले कार्यकर्ता भेला र रुवीभ्याली गाउँपालिका कमिटीले तिप्लिङ र सेर्तुङमा कोण सभा सम्पन्न गरेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |