

काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दीहरूमध्ये अझै ५ हजार १३ जना फरार रहेका गृह मन्त्रालयले जनाएको छ ।
राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालले भागेका कैदीबन्दी बारेमा जानकारी गराउनुभएको हो ।
गृहमन्त्री अर्यालका अनुसार १४ हजार ५ सय ५४ कैदीबन्दी भागेकामा ९ हजार ४ सय ४१ जनालाई फिर्ता गरिएको छ । फरार भएकाहरूको सूची सार्वजनिक गरेर खोजी भइरहेको छ ।
यस्तै जेनजी आन्दोलनमा झन्डै १२ सय थान हतियार लुटिएकामा ७ सय १८ थान फिर्ता गरेको गृहमन्त्री अर्यालले बताउनुभयो । आन्दोलनमा ४ सय ६५ प्रहरी युनिटमा क्षति पुगेकोमा ४ सय ४८ प्रहरी युनिट सञ्चालनमा आइसकेका छन् ।
यसबीचमा ४ सय २९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने आपराधिक गतिविधिमा संलग्न देखिएको भन्दै १ सय ६८ जनामाथि मुद्दा लगाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |