

धादिङ । धादिङमा अमेरिकी डलर सटही गरिदिने भन्दै आर्थिक लाभको लोभ देखाएर ठगीकार्य गर्ने एक जना पक्राउ परेका छन्।
बुधबार धुनिबेशी नगरपालिका-६ बानियाटारस्थित गणेश मन्दिर नजिक ठगी गरी फरार हुँदै गरेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–२ खोलेखर्क घर भएका ३६ वर्षीय धनकाजी शिवभक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले उनलाई पिडितबाट झुक्याएर लिइएको रकमसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
शिवभक्तिले अमेरिकी डलर साट्दा धेरै मुनाफा हातपर्ने भन्दै स्थानीय एक पुरुषलाई कपडाको पोका भित्र कागजका टुक्रा राखी नेपाली रुपैयाँ २ लाख ५० हजार ठगी गरेको प्रहरीले बताएको छ।
पक्राउ परेका शिवभक्तिलाई जिल्ला प्रहरी कार्यालय धादिङमा ल्याई ठगी सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको र सम्मानित जिल्ला अदालत धादिङबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।
उनको साथबाट नेपाली नोट २ लाख ५० हजार, मोबाइल सेट २ थान र अमेरिकी डलर भनी देखाइएका कागजका टुक्रा १ पोका बरामद गरिएको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।
अमेरिकी डलर अवैध रूपमा साटिदिने प्रलोभन देखाई ठगी गर्ने समूह सक्रिय हुन सक्ने हुँदा यस्ता व्यक्तिबाट सचेत रहन र शंकास्पद गतिविधि देखेमा तत्काल नजिकैको प्रहरी कार्यालयमा जानकारी गरिदिन प्रहरीले आग्रह गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |