

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, स्न्यापच्याट, रेडिटलगायत नौ वटा सामाजिक सञ्जाल प्लेटफर्म प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।
आउँदो डिसेम्बर १० तारिख अर्थात् अर्को महिनादेखि लागू हुने नियमानुसार कम्पनीहरूले नाबालकका नयाँ खाता खोलेमा वा पूराना खाता सञ्चालन गरे ठूलो रकम जरिवाना तिनुपर्ने बीबीसीले जनाएको छ । सरकारले सामाजिक सञ्जालले बालबालिकालाई हानिकारक सामग्री, साइबर असुरक्षा जस्ता जोखिममा पार्दै आएको भन्दै कडा कदम चालेको जनाएको छ ।
प्लेटफर्महरूलाई कडाइका साथ नियम कार्यान्वयन गर्न भनिएको छ । टिकटक, युट्युब र गूगल जस्ता कम्पनीहरुले भने नयाँ नियम कार्यान्वयन गर्न कठिन हुने चेतावनी दिएका छन् । तर सरकारले यो बालबालिकाको सुरक्षाका लागि अनिवार्य भएको बताएको छ ।-एजेन्सी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |