

काठमाण्डौ । नेपाल प्रिमियर लिग एनपीएलमा आज दुई वटा खेल हुँदैछन् ।
आजको पहिलो खेलमा बिहान सवा ११ बजे कर्णाली याक्स र लुम्बिनी लायन्स तथा दोस्रो खेलमा दिउँसो साढे तीन बजे काठमाण्डु गोर्खाज र विराटनगर किंग्सबीच खेल हुँदैछ ।
कर्णाली र लुम्बिनीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । कर्णाली आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो भने लुम्बिनीले चितवनलाई ६ विकेटले हराएको थियो । त्यस्तै काठमाण्डुले आज तेस्रो खेल खेल्दैछ ।
उद्घाटन खेलमा काठमाण्डुले साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो । अर्को खेलमा सुदूरपश्चिमसँग पराजित भएको थियो ।
त्यस्तै विराटनगरको आज दोस्रो खेल हो । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरालाई हराएको थियो ।
दोस्रो संस्करणको एनपीएल क्रिकेटमा सुदूरपश्चिम, पोखरा, विराटनगर, काठमान्डु, लुम्बिनी, चितवन, जनकपुर र कर्णाली गरी ८ वटा टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको प्रतियोगिता यही २७ गतेसम्म चल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |