

काठमाण्डौ । सर्वोच्च अदालतले निजी विद्यालयमा विद्यार्थीलाई नेपाली भाषा बोल्नबाट वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
स्मृति अधिकारी, विवेक बख्रेल र आयुष बडालले दायर गर्नुभएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र शान्तिसिंह थापाको संयुक्त इजलासले निजी तथा आवासीय विद्यालय परिसरभित्र नेपाली भाषा बोल्दा विद्यार्थीलाई दण्ड सजाय दिने कार्य नगर्न अतरिम आदेश जारी गरेको हो ।
रिटमा बालबालिकालाई मानसिक तनाव र अपमान गर्ने गरेको दाबी थियो । सर्वोच्चले शिक्षा मन्त्रालय, प्याब्सनसहितको नाममा कारण देखाऊ आदेश दिएको छ ।
साथै प्याब्सन मातहतका निजी विद्यालयमा नेपाली भाषा प्रयोग गरेबापत सजाय दिने भनी कुनै नीति निर्देशन भए त्यस्तो सर्कुलर खारेज हुने भन्दै कार्यान्वयन नगर्न सर्वोच्चले भनेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |