

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–५ टोड्के बजारबाट Crystal Quartz सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
टोड्के प्रहरी चौकीबाट खटिएको टोलीले नियमित चेकजाँचका क्रममा आईतबार साँझ रुवीभ्यालिबाट धादिङबेँशीतर्फ आउँदै गरेको यात्रुबाहक मुस्ताङगाडीलाई रोकी चेकजाँच गर्दा गाडीमा सवार रुवीभ्यालि गाउँपालिका–१ का बर्ष ३६ को कमल तामाङलाई २४ केजी ०८ ग्राम Crystal Quartz सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिनुभयो ।
Crystal Quartz बरामद गरी आवश्यक कारबाहीका लागि वन कार्यालय पठाइएको दाहालले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |