

धादिङ । बेनीघाट रोराङ गाउँपालिकाको प्रशासनिक भवन भोलि मंसिर १० गते उद्घाटन हुने भएको छ।
विशालटारमा निर्माण भएको अत्याधुनिक प्रशासनिक भवनको नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले उद्घाटन गर्ने गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले जानकारी दिनुभयो ।
भवन उद्घाटनको अवसरमा शैक्षिक प्रदर्शनीसहित विशेष समारोहको आयोजना गरिएको उहाँको भनाई छ ।
२०७७ जेठ ३० गते तत्कालीन संघीय सांसद भूमिप्रसाद त्रिपाठी र तत्कालीन अध्यक्ष पित्तबहादुर डल्लाकोटीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको उक्त भवन करिब १४ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
तस्विर:अशोक श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |