

धादिङ । नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधि चयनको प्रकृया भईरहेको छ । धादिङमा बिहिबार प्रतिनिधि छनौटका लागि उम्मेदवारी दर्ता भएको छ ।
जसमा धादिङ क्षेत्र नम्बर १ मा ३ जना महिलाका लागि १० जना, १ जना युवाको लागि १३ जना र ६ जना खुल्लाको लागि २४ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।
धादिङ क्षेत्र नम्बर १ को गल्छी गाउँपालिका कमिटी कार्यालयमा उम्मेदवारी दर्ता भएको थियो ।
यसैगरी धादिङ क्षेत्र नम्बर २ को उम्मेदवारी दर्ता जिल्ला पार्टी कार्यालयमा भएको छ । जसअन्तरगत ४ जना खुल्लाका लागि २३ जना, २ जना महिलाका लागि ८ जना र १ जना युवाका लागि १२ जनाले उम्मेदवारी दिएको एमाले धादिङले जनाएको छ ।
जिल्लाभरबाट १ जना दलितका लागि ३ जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला सदस्य गिता खनालले बताउनुभयो ।
धादिङबाट कुल १८ जना प्रतिनिधि छनौट गर्न ९३ जनाको उम्मेदवारी परेको छ ।
एमाले महाधिवेशन प्रतिनिधि अन्तिम टुंगो शनिबारसम्म लगाउने र पार्टी सदस्यले मतदान वा आपसी सहमतिबाट छनौट गरिने जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |