

काठमाण्डौ । १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङलाई हराउँदै नेपाल सेमिफाइनल पुगेको छ । यूएईको अजमानमा आज भएको खेलमा नेपालले हङकङलाई १ सय १९ रनले हरायो ।
नेपालले दिएको २ सय ७१ रनको लक्ष्य पछ्याएको हङकङले ४० ओभर ५ बलमा १ सय ५१ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिभ माथुरले सबैभन्दा धेरै ३० रन बनाए ।
नेपालका अपराजित पौडेलले ४, कप्तान अशोक धामीले ३ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७० रन बनायो । नेपालका कप्तान अशोक धामीले ७३, दर्श सोनरले नटआउट ४५ रन बनाए ।
हङकङका ड्यानियल माप र अभिमन्यु गणेशनले २र२ विकेट लिए ।
अब नेपालले सेमिफाइनलमा पर्सि मलेशियासँग खेल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |