

धादिङ । धादिङको बेनीघाट रोराङमा विकास पत्रकारिता र कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ सम्बन्धी तालिम सुरु भएको छ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको आयोजना तथा वेनिघाट रोराङ गाउँपालिकाको सहयोगमा आजदेखी तीनदिने तालिम सुरु भएको हो ।
सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित सुरु भएको तालिममा धादिङ जिल्लाभित्र रहेर विभिन्न संचारमाध्यममा कार्यरत २६ जना पत्रकार सहभागी छन् ।
तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विवेक) ले एआईजस्ता आधुनिक प्रविधिले पत्रकारितामा नयाँ सम्भावना खोलिदिएको धारणा राख्नुभयो । यस्ता तालिमले तथ्यपरक र विश्वसनीय सूचना प्रवाहमा मद्दत पुग्ने थपलियाले बताउनुभयो ।
यस्तै नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले विकास पत्रकारिता आजको आवश्यकता बनेको उल्लेख गर्दै विकासका मुद्दा उठान र तथ्यमा आधारित रिपोर्टिङमा एआईको उपयोग महत्वपूर्ण बनेको बताउनुभयो ।
१७ गतेसम्म सञ्चालन हुने तालिममा सहभागी पत्रकारहरूलाई विकास पत्रकारिताका सिद्धान्त, तथ्य संकलनका विधि, स्थानीय विकासका मुद्दा पहिचान तथा एआई उपकरणहरूको प्रयोगबारे व्यावहारिक प्रशिक्षण दिने कार्यक्रम छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |