

काठमाण्डौ । नेपाल प्रिमियर लिगमा आज दुई वटा खेल हुँदैछन् ।
कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिलो खेलमा बिहान पौने १२ बजे चितवन राइनोज र जनकपुर बोल्ट्स खेल्दैछन् । यस्तै आजै हुने अर्को खेलमा दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स खेल्दैछन् ।
दुवै टोलीका लागि आजको खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ ।
चार खेलबाट दुई खेल जितेको चितवन यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । चितवनको ४ खेलमा २ जीत र २ हारसहित ४ अङ्क जाड्दै तालिकाको चौथो स्थानमा छ ।
लगातार चार खेल हारेर अङ्कविहीन हुँदै पुछारमा रहेको जनकपुर आजको खेल जितेर प्लेअफको दौडमा कायमै रहने लक्ष्यमा छ। पोखरा ४ खेलमा १ जीत र ३ हारसहित २ अङ्क जाड्दै सातौं स्थानमा छ ।
कर्णालीका लागि भने आजको खेल जित्नैपर्ने छ । कर्णाली ५ खेलमा १ जीत र ४ हारसहित २ अङ्क जोड्दै छैटौं स्थानमा छ ।
प्रतियोगितामा अहिलेसम्म अपराजित रहदै सुदूरपश्चिम रोयल्स १० अङ्क जोडेर प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
यस्तै काठमाण्डौ गोर्खाज ६ खेलमा ८ अङ्कसहित दोश्रो, विराटनगर ५ खेलमा ८ अङ्कसहित तेश्रो र लुम्बिनी लायन्स ५ खेलमा ४ अङ्कसहित पाँचौ स्थानमा छ ।एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् ।
गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |