

काठमाण्डौ । यसवर्षको हिउँदमा देशका धेरै ठाउँमा सरदरभन्दा कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार अधिकतम तथा न्यूनतम दुवै तापक्रम सरदरभन्दा बढी रहने सम्भावना छ ।समग्रमा, यो हिउँदमा कम वर्षा र न्यूनतम तापक्रम बढी हुने सम्भावना रहेको विभागले जनाएको छ ।
मङ्सिर १५ गतेदेखि फागुन १६ सम्मको अवधिलाई हिउँदयाम मानिन्छ ।
विभागले सार्वजनिक गरेको हिउँदपूर्व आँकलनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही उत्तरी–पश्चिमी क्षेत्रमा वर्षा कम, सरदर वा बढी हुने सम्भावना बराबर छ ।
तर सुदूरपश्चिमका पूर्वी–दक्षिणी भू–भाग, कर्णालीका दक्षिणी भू(भाग, लुम्बिनीका पश्चिमी क्षेत्र, बाग्मतीका दक्षिण भू–भाग, मधेशका उत्तरी भाग र कोशीका मध्य–पूर्वी क्षेत्रमा सरदरभन्दा कम वर्षाको सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।
त्यस्तै गण्डकीका उत्तरी–दक्षिणी भाग, बाग्मतीका दक्षिण, र कोशीका उत्तरी तथा दक्षिण–पश्चिम क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ ।
अरु धेरै क्षेत्रहरूमा पनि यो सम्भावना ३५ देखि ५५ प्रतिशत छ । न्यूनतम तापक्रम पनि धेरै क्षेत्रमा सरदरभन्दा बढी हुने अनुमान गरिएको छ ।
विशेषतः सुदूरपश्चिमका उत्तर र दक्षिण–पश्चिम, कर्णालीका मध्य–उत्तरी भू–भाग, लुम्बिनी र मधेशका धेरैजसो भू–भाग, बाग्मतीका उत्तर–पूर्व तथा दक्षिण–पश्चिम, तथा कोशीका दक्षिण र उत्तर–पश्चिम क्षेत्रमा यो सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |