

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् ।
खेल दिउँसो साढे ३ बजे कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा शुरु हुनेछ ।
अङ्क तालिकाको पुछारका यी दुई टोली प्ले अफ समीकरणबाट बाहिरिसकेका छन् । यो खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ ।
६ खेलमा एउटा मात्रै खेल जितेको कर्णाली सातौं स्थानमा छ भने समान खेलमा एउटा मात्रै खेल जितेको साविक विजेता जनकपुर तालिकाको पुछारमा छ ।
क्वालिफायर र इलिमिनेटर समीकरण पूरा भएको छ । अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्ग्सबीच खेल हुनेछ ।
यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु गोखार्ज र चौथो स्थानको लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ ।
प्रतियोगितमा ८ वटा टोली सहभागी छन् । filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |