

धादिङ । नेकपा एमाले धादिङले पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा जिल्लाबाट १० हजारभन्दा बढी नेता, कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकलाई सहभागी गराउने निर्णय गरेको छ।
शनिबार बसेको एमाले धादिङको सचिवालय बैठकले ११औँ महाधिवेशनका लागि आगामी एक हप्ता जिल्लाभर घरदैलो जनपरिचालन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
जनताको घरदैलोमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पठाएका निमन्त्रणा कार्ड लिएर केन्द्रिय नेताहरु घरघरमा पुग्ने योजना रहेको नेकपा एमाले धादिङका सचिव राधिका सापकोटाले जानकारी दिनुभयो ।
महाधिवेशनमा जनपरिचालनलाई थप प्रभावकारी बनाउन पार्टी केन्द्रले धादिङमा पोलिटब्युरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेवाङ र सूर्य ढकाललाई एक हप्ताका लागि खटाएको सचिव सापकोटाले जानकारी दिनुभयो ।
सचिवालयका पदाधिकारी तथा केन्द्रिय नेताहरू मिलेर जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर घरघरमै जनसंपर्क गर्ने र महाधिवेशनको सन्देश प्रवाह गर्ने तयारी गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले बताउनुभयो ।
नेकपा एमालेले ११ औं महाधिवेशन आगामी २७–२९ मंसिरमा काठमाडौँमा गर्दैछ। महाधिवेशनमा २ हजार १२७ जना प्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |