

काठमाण्डौ । मतदाता नामावलीमा त्रुटि भए सच्याउन आउँदो शुक्रवार मङ्सिर २६ गतेसम्म निवेदन दिन पाईने छ ।निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति निकालेर त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन दिन आग्रह गरेको हो ।
यस्तै आयोगले यदि कसैले झुटा विवरण दिइ नामावलीमा नाम दर्ता गराएको भएमा २६ गतेसम्म नै सूचना एवम् उजुरी दिन अपिलसमेत गरेको छ ।
परिवार वा आफन्त कसैको निधन भएको भएमा मतदाता नामावलीबाट नाम हटाउन पनि २६ गतेसम्म नै निवेदन दिन सकिनेछ।
आयोगले केही मतदानस्थल पुनरावलोकन गरिएकाले आफूले मतदान गर्ने स्थल यकिन गरी आफ्नो वडाभित्र रहेका मतदानस्थलमध्ये आफूलाई पायक पर्ने मतदानस्थल छनोटका लागि पनि अनलाइन वा प्रदेश/जिल्ला निर्वाचन कार्यालयमार्फत निवेदन दिन भनेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |