

काठमाडौं । सरकारले एमाले महाधिवेशन लक्षित गर्दै नागढुंगा-मलेखु सडकखण्ड विस्तार २ दिन रोक्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको सचिवालयका अनुसार मंसिर २६ र २७ गते राजमार्ग पूर्ण सञ्चालन गर्ने निर्णय भएको जनाएको छ ।
यसअघि राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेको थियो ।
सोही बमोजिम २६ र २७ मंसिरमा काठमाडौं प्रवेश गर्ने यो राजमार्ग पूर्णरूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।
सडक विभागले यो सडक खण्ड आजबाट एक साताका लागि आंशिक बन्द गरी विस्तार थालेको थियो । सडक कालोपत्र गरी स्तरोन्नति गर्ने काम तीव्र बनाउन आयोजनाले १ पुससम्म दैनिक ५ घण्टा बाटो बन्द गर्न थालेको छ ।
नागढुंगादेखि पिप्लामोडसम्म र पोखरे भिर क्षेत्रमा बिहान १०:३० देखि अपराह्न ३:३० सम्म सडक बन्द गरी काम तीव्र बनाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |