

धादिङ । नेपाल बुद्धिचाल महासंघले बुद्धिचाल खेलको विकास, विस्तार र लोकप्रियतामा उल्लेखनीय योगदान पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ धादिङका सदस्य तथा गल्छी खबर डटकमका सम्पादक सन्दिप प्रसाद घिमिरेलाई सम्मान गरेको छ।
आठौँ तुलसीलाल टिम चेस च्याम्पियनसिपको समापन कार्यक्रमको अवसरमा ललितपुरमा घिमिरेलाई सम्मान गरिएको हो।
नेपाल बुद्धिचाल महासंघले आयोजना गर्दै आएका विभिन्न प्रतियोगिताहरूको निरन्तर प्रवर्द्धन, प्रचार–प्रसार तथा खेलकुद पत्रकारितामार्फत बुद्धिचाल खेललाई स्थापित गर्न घिमिरेले गरेको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरिएको हो।
सम्मानपत्र मार्फत महासंघले बुद्धिचाल खेलको उन्नति, खेलाडी तथा आयोजकको मनोबल वृद्धि र खेलमैत्री वातावरण निर्माणका लागि घिमिरेले देखाएको समर्पण, सहयोग र सक्रियताको कदर गर्दै नगद ५ हजार र सम्मानपत्र महासंघका अध्यक्ष हेराकाजी महर्जनले प्रदान गर्नुभयो ।
आगामी दिनमा खेलकुद पत्रकारिता र बुद्धिचाल क्षेत्रमा उहाँको योगदान अझ प्रभावकारी हुने विश्वास महासंघले लिएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |