

काठमाण्डौ । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई ४० रनले हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो ।
लुम्बिनीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगरले १७ ओभर ५ बलमा ९४ रन बनाएर अलआउट भयो ।
विराटनगरका साम हिजलेटले सबैभन्दा धेरै ३४, नरेन भट्टले २१ र मर्चेन्ड डे ल्याङ्गेले १७ रन बनाए । लुम्बिनीका तिलक भण्डारी ३, रुवेन ट्रम्पेलेम्यान, अभिशेष गौतम र जेजे स्मिथले समान २ तथा शेर मल्लले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनायो ।
लुम्बिनीका डार्सी शर्टले ४५, कप्तान रोहित पौडेलले ३४ रन बनाए । विराटनगरका सुवास भण्डारी तथा प्रतिस जिसीले समान ३ र कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।
अब लुम्बिनीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । यसअघि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई हराउँदै फाइनल पुगेको हो । यस्तै इलिमिनेटरमा हिजो काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा पुगेको हो ।
एनपीएलको फाइनल खेल पर्सि शनिवार दिउँसो साढे ३ बजे शुरू हुनेछ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |