

काठमाण्डौ । साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज सशस्त्र प्रहरीको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल क्लब खेल्दैछन् । खेल बेलुका ५ बजे काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरु हुनेछ ।
इस्ट बङ्गाल ४ खेलमा ३ जीत १ बराबरीसहित १० अङ्क जोड्दै शीर्ष स्थानमा र समान खेलमा २ जीत २ बराबरीसहित ८ अङ्क जोड्दै एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । लिग चरणको अन्तिम खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।
दक्षिण एशियाली फुटबल महासङ्घ ९साफ० ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी छन् । साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ गतेदेखि काठमाण्डौमा शुरू भएको हो ।
उपाधि जित्ने टोलीले १० हजार र उपविजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाउनेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |