

धादिङ । धादिङमा बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगिता हुदै छ ।
धादिङ जिल्ला भलिबल संघको आयोजनामा यही पौष ९ देखि १२ गतेसम्म सदरमुकाम धादिङबेशीमा हुने ‘स्व.मनोज श्रेष्ठ स्मृति कप २०८२’ बागमती प्रदेश अन्तर जिल्ला महिला भलिबल प्रतियोगितामा बागमती प्रदेश भित्रका ८ जिल्लाबाट ९ टिम सहभागी हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।
अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्चोक सहभागी हुनेछन् । धादिङबाट टिम ‘ए’ र ‘बि’ रहने र अरु जिल्लाबाट १/१ टिम रहने अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुनेले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् भने द्वितीय हुनेले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाण–पत्र र तृतीय हुनेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाउनेछन् ।
यस्तै उत्कृष्ट स्पाइकर, सेटर, डिफेन्डर, सर्भर, बेस्ट प्लेयर र कोचलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |