

धादिङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले संसदीय निर्वाचन बहिस्कार गर्ने बताएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको संसदीय व्यवस्थाले निरन्तरता पाएसँगै देशको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको अवस्था झनै विकराल बन्दै गएको भन्दै आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन बहिष्कार गर्नु पर्ने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका आठ नम्बर व्यूरो सेक्रेटरी एवम् केन्द्रीय सदस्य श्यामकुमार केशी ‘दीपक’ ले बताउनुभयो ।
सोमबार क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको जिल्ला समिति धादिङले धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको समयमा निर्वाचनको औचित्य नरहेकोले सहभागी नहुने बताउनुभयो ।
अहिलेको सरकार न त जनआन्दोलनको मर्म अनुसार रहेको न त संविधान र कानुनको मापदण्ड अनुसार बनेको भन्दै उहाँले यो कठपुतली सरकार रहेको बताउनुभयो ।
पत्रकारहरुको जिज्ञासाहरुको सम्बोधन गर्दै उहाँले अहिलेको सरकार नै असंवैधानिक रहेको र निर्वाचनको पनि कुनै औचित्य नरहेकाले निर्वाचन वहिष्कार गरिएको बताउनुभयो।
त्यस्तै, समाजवाद र विस्तारवादद्वारा निर्देशित संसदीय निर्वाचनलाई पूर्ण रूपमा बहिष्कार गर्दै स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गर्नु नै अहिलेको एकमात्र वैकल्पिक मार्ग भएको धादिङका इन्चार्ज अमृत अधिकारीले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |