

धादिङ । धादिङमा क्षेत्री महिला समाज गठन गरिएको छ।
नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेशीमा बिहिबार आयोजित भेलाले दुर्गा अधिकारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा साबित्रा कंडेल, सचिवमा बिनु सिंखडा, सह-सचिवमा सपना अधिकारी र कोषाध्यक्षमा निलम थापा भण्डारी चयन हुनु भएको छ।
त्यस्तै सदस्यमा सजना थापा, जमुना भण्डारी, नमिता थापा, निशा थापा अधिकारी, दुर्गा ढुङ्गाना, सानुमैया थापा, सावित्री भण्डारी, भिम कुमारी कुंबर, चिनिमैया थापा र अम्बिका लामिछाने चयन हुनुभएको छ ।
यसैगरी सल्लाहकार समिति समेत चयन गरिएको छ ।
बरिष्ठ सल्लाहकार रेखा पण्डित अधिकारीको संयोजकत्वमा चित्रकुमारी भण्डारी, भगबति अर्याल, अप्सरा पाण्डे र सीता कार्कीको ५ सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो ।
क्षेत्री महिलाहरूको हकहित संरक्षण, सशक्तिकरण तथा सामाजिक एकताको उद्देश्यले सहित क्षेत्री महिला समाज, धादिङ गठन गरिएको नव निर्वचित समितिका अध्यक्ष अधिकारीले बताउनुभयो ।
उहाँले क्षेत्री महिलाहरुको शसक्तिकरणको लागि विभिन्न तालीमहरुको आयोजना गरिने र समय समयमा हकहितका अभियानहरु सञ्चालन गरिने पनि बताउनुभयो ।
नयाँ समिति अनि आफूले पाएको पदको जिम्मेवारीले उत्साहित हुनुका साथै समितिलाई सहि ढंगले अगाडी बढाउँदै लैजानको लागि चुनौती थपिएको महसुस भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी सबैले क्षेत्री महिला समाजको उद्देश्य अनुरुप एकजुट भएर काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |