

धादिङ । नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको ११०औँ जन्मजयन्ती धादिङमा पनि मनाइएको छ ।
“समृद्धिको आधारः पूर्ण समावेशी सञ्चार” भन्ने मूल नाराका साथ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धादिङले चियापान कार्यक्रमको आयोजना गरि पुर्याउनु भएको योगदानको र मार्गनिर्देशका विषयमा छलफल गरेको हो ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नेपाली पत्रकारिताका अग्रज स्तम्भ रहेको बताउनुभयो ।
उहाँले स्थापना गर्नु भएको मूल्य, मान्यता र पेशागत निष्ठा आज पनि उत्तिकै सान्दर्भिक रहेको र योगदानलाई स्मरण गर्दै नयाँ पुस्ताले जिम्मेवार पत्रकारिता गर्न आवश्यक रहेको बताउनुभयो ।
सत्यनारायणले संगठित पत्रकारिताको अवधारणा अघि सार्दै पत्रकारहरूको हकहित, प्रेस स्वतन्त्रता र पेशागत सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको भन्दै फोनिज धादिङ अध्यक्ष श्रेष्ठले अहिलेको नेपाल पत्रकार महासंघको नेतृत्वले संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुन् भनेर मान्ने तर कार्यान्वयनमा आनाकानी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष सिताराम अधिकारी, निवर्तमान अध्यक्ष राजाराम शर्मा, प्रेस यूनियनका केन्द्रिय सदस्य पोषनाथ अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेश समितिका कोषाध्यक्ष शंकर श्रेष्ठ लगायतका विभिन्न संघ संगठनका प्रमुख एवम् प्रतिनिधि तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |