

काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाट करिब २६ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं लोलाङ बस्ने धादिङ घर भएका २६ वर्षीय बिक्रम परियार र बुढानिलकण्ठ नगरपालिका-४ ठुला गाउँ बस्ने २७ वर्षीय सगरमाथा तामाङ रहेका छन् ।
प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा-प्र ०२-०३८ प ७०७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |