

काठमाण्डौ । जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
जाडोयाममा आगो ताप्दा, हिटर चलाउँदा वा गिजर प्रयोग गर्दा सावधानी नअपनाउँदा गम्भीर घटना हुनसक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताउनुभयो ।
उहाँले जाडोमा शरीर वा कोठालाई न्यानो बनाउन आगो बाल्दा वा तातो बनाउने उपकरण प्रयोग गर्दा हावा ओहोरदोहोर हुने अवस्था हेर्न र कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न आग्रह गर्नुभयो ।
आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन प्रवक्ता डा बुढाथोकीले अनुरोध गर्नुभएको छ ।
मन्त्रालयले हिटरको प्रयोग गर्दा समय समयमा बन्द गर्न, सुत्नुअघि अनिवार्य हिटर निभाउन, गिजरको मुख्य मेसिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि अनुरोध गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |