

धादिङ। गंगाजमुना गाउँपालिका-४ स्थित सातदोबाटोमा स्व.मनोज श्रेष्ठ स्मृति कप जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
गंगाजमुना गाउँपालिका वडा नम्बर ४ र लि:ल घले समाज गंगाजमुनाको सयुक्त आयोजनामा पौष २७ गतेदेखी पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले रु. ४ हजार प्रवेश शुल्क बुझाउनुपर्नेछ भने दर्ता गर्ने अन्तिम मिति पौष २७ गते तोकिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५५ हजार , द्वितीयले रु. ४० हजार , तृतीयले रु. २५ हजार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन् भने सान्त्वनाले रु.१० हजार र प्रमाण पत्र प्राप्त गर्नेछन्।
त्यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भर, डिफेन्डर र कोचलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
खेलहरू FIVE को नियम अनुसार सञ्चालन हुनेछन्।
प्रतियोगितामा धादिङ जिल्लाभित्रका खेलाडीहरू मात्र सहभागी हुन पाउने र खेलाडीहरूले जर्सी अनिवार्य लगाउनुपर्ने नियम राखिएको आयोजकले जनाएको छ।
थप जानकारीको लागी






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |