

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका–१ निवासी अरुण सिलवालले पोखरा विश्वविद्यालय (PU) अन्तर्गत इन्जिनियरिङ संकायमा ऐतिहासिक सफलता हासिल गर्नुभएको छ।
पोखरा विश्वविद्यालयको School of Engineering (SOE) मा सिभिल इन्जिनियरिङ अध्ययनरत सिलवालले BE सातौँ सेमेस्टरको परीक्षामा ४ GPA प्राप्त गर्दै पुनः विश्वविद्यालय टप गर्न सफल हुनुभएको हो।
यसअघि पनि सिलवालले पहिलोदेखि छैटौँ सेमेस्टरसम्म लगातार ४ GPA हासिल गर्दै पोखरा विश्वविद्यालय टप गर्नुभएको थियो।
सातौँ सेमेस्टरमा समेत उत्कृष्ट नतिजा ल्याउँदै उहाँले आफ्नै कीर्तिमानलाई तोड्दै नयाँ ऐतिहासिक रेकर्ड बनाउन सफल हुनुभएको छ।
धादिङको मिन्दुका माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका सिलवालले बागेश्वरी माध्यमिक विद्यालय, मलेखुबाट कक्षा १२ उत्तीर्ण गर्नुभएको थियो।
हाल उहाँ छात्रवृत्तिमा पोखरा स्थित School of Engineering (SOE) मा अध्ययनरत हुनुहुन्छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |