

काठमाण्डौ । राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको वितरण साविकअनुसार अर्थात् नवयुवा आन्दोलनको अघिको व्यवस्था बमोजिम सम्बन्धित कार्यालयमा पठाइने राहदानी विभागले जनाएको छ ।
विभागका सूचना अधिकारी केशवराज पन्थीका अनुसार अब सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालय वा विदेशमा रहेको नेपाली नियोगबाट राहदानीका लागि आवेदन दिने आवेदकको राहदानी समयमै छपाइ गरी पूर्ववत् रूपमा पठाउने व्यवस्था मिलाइएको छ ।
तत्काल राहदानी आवश्यक परि विभागमा आवेदन दिन परेमा आवेदकको मागअनुसार पर्याप्त भेट समय खुला गरिएकाले आवेदन दिँदा आफूले रोजेको समयमा विभागमा उपस्थित भई सेवा प्रवाहमा सघाउनका लागि सम्पूर्ण सेवाग्राहीप्रति विभागले अनुरोध गरेको छ ।
जिल्ला, इलाका प्रशासन कार्यालयबाट कम्तीमा गएको मङ्सिर १५ गतेसम्म आवेदन दिने आवेदकको राहदानी तयार गरी पठाइ सकिएको र त्यसपछि आवेदन दिने आवेदकको यही पुस २५ गतेसम्ममा पठाउने व्यवस्था मिलाइएको विभागले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |