

धादिङ । प्रतिनिधिसभा उम्मेदवार बन्न नेकपा एमाले धादिङका १५ नेताले निवेदन दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूको बैठकमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक १५ जना नेताहरूले औपचारिक रूपमा निवेदन दर्ता गराएका हुन्।
निर्वाचन क्षेत्र नम्बर १ को समन्वय कमिटी बैठकमा भुमि त्रिपाठी, कमला शर्मा, मिनराज कँडेल, दिपक खतिवडा, जगन्नाथ नेपाल, गजेन्द्र थपलिया र कपिल अधिकारीले प्रतिनिधिसभा उम्मेदवारका लागि निवेदन दर्ता गराएका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर २ को समन्वय कमिटी बैठकमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि डा.खेम लोहनी, अर्जुनकुमार श्रेष्ठ, डा.रामकुमार अधिकारी, चन्द्र रिजाल, उमेश थापा, कृष्णकुमारी थापा, शम्भु थापा र धनबहादुर घलेले निवेदन पेश गरेका छन्।
पार्टीको विधान तथा निर्णयअनुसार निर्वाचन क्षेत्रीय समन्वय कमिटीहरूले उम्मेदवारीका लागि निवेदन दिएका नेताहरूको नामावली जिल्ला कमिटीमा पठाउने र जिल्ला कमिटीले आवश्यक छलफल, मूल्यांकन र सिफारिसपछि ती नामहरूलाई केन्द्रीय कमिटीमा पठाउने प्रक्रिया अघि बढाईने बताइएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन सुदृढीकरण तथा उम्मेदवार छनोट प्रक्रिया तीव्र पारिएको नेकपा एमाले धादिङले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |