

धादिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ (गोर्खाली) लाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।
जिल्ला कमिटीको आइतबार बसेको बैठकले उपाध्यक्ष श्रेष्ठलाई जिम्मेवारी दिएको हो ।
जिल्ला कमिटीको नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भुमि त्रिपाठी नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पार्टी विधानअनुसार उपाध्यक्ष श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको एमाले धादिङले जनाएको छ ।
यस्तै आज बसेको बैठकले नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा सर्वसम्मत निर्वाचित डा. पुष्प कडेल, केन्द्रीय सदस्यमा निर्वाचित भुमि त्रिपाठी र डा. खेम प्रसाद लोहनीलाई सम्मान समेत गरेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |