

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-१ नलाङ बैरेनी नजिकै थोपलखोला स्थित भुतेदहमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
आइतबार राती करिब १० बजेको समयमा माछा मार्न पानीमा लगाउन खोजेको करेन्ट लागेर स्थानीय ४१ वर्षीय नन्दु (नन्द बहादुर) नेपालीको मृत्यु भएको सिद्दलेक गाउँपालिका-१ का वडाअध्यक्ष पेमा वाङ्ग्याल लामाले बागमति कलमलाई जानकारी दिनुभयो ।
आइतबार राती करेन्ट लागेर पानीमा डुबेर बेपत्ता भएका नेपालीलाई मंगलबार दिउँसो गोताखोर टोलीले दहमा डुबिरहेको अवस्थामा फेला पारेको वडाअध्यक्ष लामाले बताउनुभयो ।
वडाअध्यक्ष लामाले भन्नुभयो, “रातीको समयमा आफ्नै घरबाट विजुलीको तार तानेर खोलामा करेन्ट लगाउन गएका रहेछन् । तार लिएर खोलामा पस्ने क्रममा चिप्लिएर लडेपछि आफैलाई करेन्ट लागेको भन्ने बुझिएको छ ।”
मृतक नेपाली छरछिमेकी, साथीभाई र उनका छोरासहित ९ जना करेन्ट लगाएर माछा मार्न गएको र उनलाई करेन्ट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।
यता मृतकका परिवारले भने आफै करेन्ट लागेर नभई अरुले करेन्ट लगाएर हत्या गरेको आरोप लगाएका छन् ।
करेन्ट लगाउन सँगै गएका भनिएका सात जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको प्रहरी नायव उपरीक्षक दाहालले बताउनुभयो ।
नेपालीको शव पोष्टमार्टमको लागि धादिङ अस्पतालको शवगृहमा राखिएको छ ।
तस्वीर :- बिश्वास सिलवाल/बैरेनी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |