

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाभित्र रहेका सबै इजाजत प्राप्त हातहतियार तथा खरखजना बुझाउन आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै आगामी मिति २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, भरपर्दो र विश्वसनीय बनाउन जिल्लाभित्र रहेका सबै इजाजत प्राप्त हातहतियार तथा खरखजना २०८२ माघ १५ गतेभित्र बुझाउन आग्रह गरेको छ।
इजाजत प्राप्त हातहतियार राख्ने व्यक्तिहरूले ती हातहतियार जिल्ला प्रहरी कार्यालय धादिङ वा नजिकको प्रहरी इकाइमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
प्रहरी इकाइमा बुझाइएका हातहतियारहरू निर्वाचन प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित धनीले फिर्ता प्राप्त गर्न सक्ने जनाइएको छ।
सूचनाको अवज्ञा गरी हातहतियार नबुझाएको वा दुरुपयोग भएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |