

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका-१, बैरेनीका स्थानीयद्वारा नन्दबहादुर नेपालीको परिवारलाई सहयोग अभियान संचालन गरेका छन् ।
पुष २० गते राति बैरेनी नजिकै थोपलखोला स्थित भुतेदहमा करेन्ट लगाएर माछा मार्ने क्रममा बेपत्ता भएका स्थानीय ४० वर्षीय नन्दबहादुर नेपालीको मृत्यु भएको थियो ।
उनको शव पुष २२ गते दिउँसो थोपल खोलामा फेला परेको थियो। अचानक परिवारको सहारा गुमाएपछि उनका नाबालक छोराछोरी र बिरामी आमाको उपचार तथा जीवनयापनका लागि छरछिमेक र टोलबासीले सहयोग अभियान सुरु गरेका हुन्।
स्थानीय नागरिकहरूले घर–घरमा पुगेर सहयोगको अपिल गर्दै संकलन गरेको एक लाख ५० हजार रुपैयाँ नेपालीको परिवारलाई हस्तान्तरण गरिएको छ।
सहयोग संकलनमा सक्रिय व्यक्तिहरूले परिवारको अवस्था अत्यन्तै कमजोर रहेकाले थप सहयोगको आवश्यकता रहेको बताएका छन्।
यसैबीच, देश तथा विदेशमा रहेका सहयोगी मनहरूले पनि स्वर्गीय नेपालीको परिवारलाई आर्थिक सहयोग गरिरहेका छन्।
सहयोग अभियान अझै निरन्तर जारी रहने सहयोग संकलनमा संलग्न व्यक्तिहरूले जानकारी दिएका छन्।
मृतक नन्दबहादुर छरछिमेकी, साथीभाई र उनका छोरासहित ९ जना करेन्ट लगाएर माछा मार्न गएको र उनलाई करेन्ट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताउनुभयो ।
घटनालाई शङ्कास्पद मान्दै करेन्ट लगाउन सँगै गएका भनिएकाहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नन्दबहादुरलाई गोताखोर टोलीले दहमा डुबिरहेको अवस्थामा फेला पारेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |