

धादिङ । सिद्धलेक गाउँपालिकाले भोलि बुधबारबाट राष्ट्रिय परिचयपत्र वितरण शुरु गर्ने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सिंहदरबार, काठमाडौँको समन्वयमा आर्थिक वर्ष २०७९/०८० मा वडा नं १ गहतेटारस्थित वडा कार्यालयमा सञ्चालन गरिएको राष्ट्रिय परिचयपत्र अभियानअन्तर्गत विवरण संकलन गरिएका व्यक्तिहरूको राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिने वडा अध्यक्ष पेमा वाङ्ग्याल लामाले जानकारी दिनुभयो ।
उक्त अभियानबाट विवरण संकलन गरिएका व्यक्तिहरूको कार्ड प्रिन्ट भई विभागबाट प्राप्त भइसकेको छ। सो कार्डहरू माघ ४ गतेसम्म वडा कार्यालयबाट वितरण गरिने वडा अध्यक्ष लामाले बताउनुभयो ।
कार्ड तयार भएका व्यक्तिहरूको मोबाइल नम्बरमा एसएमएस प्राप्त भएको हुनुपर्ने र कार्ड लिन आउँदा राष्ट्रिय परिचयपत्रको आवेदन फाराम, परिचयपत्र नम्बर वा नागरिकता लिएर व्यक्ति स्वयम् वडा कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ।
तोकिएको मितिभित्र सम्बन्धित सबै सेवाग्राहीलाई उपस्थित हुन वडा अध्यक्ष लामाले आग्रह गर्नुभयो ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय, धादिङमा परिचयपत्रको फाराम भरी फोटो खिचाएका व्यक्तिहरूको कार्ड भने वडा कार्यालयबाट वितरण नहुने भएकाले त्यस्ता सेवाग्राहीहरूले जिल्ला प्रशासन कार्यालयमै सम्पर्क गर्नुपर्ने जनाईएको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |