

काठमाण्डौ । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
सबै तहका सरकार, सबै नागरिकको तयारी : भूकम्प उत्थानशील नेपाल अबको जिम्मेवारी’ भन्ने नाराका साथ २८औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।
१९९० साल माघ २ गते गएको विनाशकारी महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
यस दिवसको उद्देश्य भूकम्पबाट हुने क्षतिको न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्नु हो । १९९० साल माघ २ गते दिउँसो २ बजेर २४ मिनेटमा गएको भूकम्पको स्मृतिमा हरेक वर्ष यही दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाइने गरिन्छ ।
संघ, प्रदेश र पालिका गरी तीनै तहका सरकारले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउन लागेका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
देशभर गोष्ठी, छलफल, र्याली, अन्तरक्रिया, प्रदर्शनी, प्रतियोगिता, रक्तदान, सडक नाटक, अडियो–भिडियो कार्यक्रमलगायत विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |