

धादिङ । धादिङको गजुरी निवासी डा.सीता ढुंगानाले पुस्ताको हस्तान्तरणको छनक नदेखिए पछी आफुले नेपाली कम्युनिस्ट पार्टी परित्याग गरेको बताउनुभएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी र नेकपा माओवादीबीच एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीको २ हजार ४९९ सदस्यीय केन्द्रीयको सपथ नलिएको र पार्टीको भूमिकामा नरहेको ढुंगानाले बताउनुभयो ।
सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै ढुंगानाले भन्नुभयो, नेकपाको २४९९ केन्द्रीय सदस्यको सपथ ग्रहण नगरेको र सो भुमिकामा नरहने निर्णय पनि गरिसकेको मेरा सम्पूर्ण शुभ चिन्तक, आदरणिय, माननीय, सम्माननीयहरुमा जानकारी गराउँदछु।
उहाँले वर्षौंदेखिको एउटै नेतृत्व र एउटै प्रतिनिधिलाई बोकेर मतदाताको घरघरमा मत माग्न जान नसक्ने प्रतिक्रिया दिनुभयो ।अब पुराना नेतालाई भोट नमाग्न आम जनताले आफुलाई सुझाएको बताउनुभएको छ ।
बिगत ४०/४५ वर्षदेखिको एकतर्फि शासन धादिङमा अन्त्य नभएको र नेतृत्वबाट पुस्ताहस्तन्तरणको कुनै गुन्जायस नदेखिएकोले जनताले गरेको अनुरोधको आधारमा परिवर्तनको लागि नेकपा छोड्ने निर्णय गरेको उहाँको भनाई छ ।
धादिङको राजनितिमा दरिलो महिला नेतृको रुपमा परिचित ढुंगाना धादिङको गजुरी गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुनुहुन्छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |