

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित नलाङ बैरेनीमा रहेको आयाम इङलिस स्कुलमा १५ औँ खेल उत्सव-२०८२ सम्पन्न भएको छ।
गएको शनिबारदेखी सञ्चालन भएको खेल सप्ताहमा एक हजार ९५ अंक सहित यालो हाउस प्रथम भएको आयाम इङलिस स्कुलकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।
यस्तै ब्लु हाउस एक हजार ९० अंक सहित दोस्रो, ग्रिन हाउस ८९० अंक सहित तेस्रो र रेड हाउस २९० अंक सहित चौथो भएको छ ।
शुक्रबारसम्म सञ्चालन भएको खेल सप्ताहमा प्राइमरी तथा प्री प्राइमरी अन्तरगत छात्रछात्राको फुटबल, भलिबल, व्याडमिन्टन, खोखो, पोर्टबल, बल रेस, फ्रग रेस, फुटबल, भलिबल, कबड्डी, स्पोन रेस, निडल थ्रेड रेस, एथ्लेटिक्सका बिभिन्न बिधाहरु,लगायतका खेलहरु भएको अर्यालले बताउनुभयो ।
कार्यक्रम समापनको दिन अभिभावकहरुबिच तातो आलु खेल खेलाईएको र प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कार वितरण गरिएको थियो ।
सप्ताहमा भएको बिभिन्न खेलका बिजेता बिधार्थीलाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ, सिद्धलेक गाउँपालिका-१ का वडा सदस्य भगवान भट्ट, अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी मरियाम फ्युवा लगाएतले पुरस्कार वितरण गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङले खेल क्षेत्रमा आयाले फड्को मार्दै गएको भन्दै आगामी दिनमा र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समेत उत्पादन हुने बताउनुभयो ।
खेलकुदले विद्यार्थीको पढाईसंगै चौतर्फी विकास हुने भन्दै शिक्षासंगै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा भएको प्रतिभा प्रस्फुटन हुने भएकाले खेल सप्ताह गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभएको छ । खेलमा विजेता विद्यार्थीहरुलाई माघ २ गते पुरस्कार वितरण गरिने अध्यक्ष कोइरालाले बताउनुभयो।
दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल कक्षा ७ सम्म अध्यापन भईरहेको छ ।
विद्यालयमा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको व्यवस्थापक अर्यालले बताउनुभयो ।
विद्यालयमा करिब २ सय जना बिद्यार्थी, १५ जना शिक्षक शिक्षिका र अन्य कर्मचारी ३ जना रहेका छन् ।
कार्यक्रमको सम्पूर्ण तस्विरको लागि तलको लिंक क्लिक गर्नुहोस्





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |